अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै जेन–जी मुभमेन्टको एक समूह मंगलबार बिहान अख्तियार कार्यालय पुगेको छ।
समूहले अख्तियारको नेतृत्व निष्पक्ष नभएको, राजनीतिक प्रभावमा निर्णय भइरहेको आरोप लगाउँदै ‘विश्वसनीयता पुनःस्थापना गर्न प्रमुख राईले तत्काल पद छाड्नुपर्छ’ भन्ने माग गरेको हो।
अख्तियार कार्यालयमा पुगेका जेन–जी अभियन्ताहरूले मागपत्र बुझाउँदै चेतावनी दिएका छन् — “यदि स्वेच्छिक राजीनामा भएन भने भोलिबाट कार्यालय अगाडि शान्तिपूर्ण आन्दोलन सुरु हुनेछ।”
स्रोतका अनुसार, आयोगभित्र पनि हालको नेतृत्वको कार्यशैलीबारे असन्तुष्टि बढ्दै गएको बताइन्छ।
