• Wednesday 21st of October 2026

अदालतले भन्यो- महेश बस्नेतलाई पक्राउ गर्न थप प्रमाण पेश गर्नू


  • धनकुटा खबर
  • .

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्नका लागि अदालतले थप प्रमाण माग गरेको छ ।

महेशविरुद्ध पक्राउ पुर्जीका लागि प्रहरीले अनुमति मागेपछि अदालतले थप प्रमाण पेश गर्न आदेश जारी गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको हो । शोभा पाठकले साइबर ब्यूरोमा निवेदन दर्ता गरेकी थिइन् ।

उक्त निवेदनमा प्रहरीले अदालतसमक्ष पक्राउ पुर्जीका लागि मंगलबार पेश गरेको थियो । बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न आदेश जारी भएको अदालत स्रोतले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖