काठमाडौ । पूर्व रास्वप नेतृ सुमना श्रेष्ठले दलीय भातृ संगठनहरू खारेज गर्नुपर्ने बताएकी छन्।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले विद्यार्थी, प्रशासन, प्राध्यापक र शिक्षकजस्ता क्षेत्रमा दलका नाममा बनेका संगठनहरूले पेशागत मर्यादा र निष्पक्षता नष्ट गरिरहेको टिप्पणी गरेकी हुन्।
श्रेष्ठले लेखेकी छन् — “युनिफर्ममा रहेका विद्यार्थीमाथि गोली चलाउँदा विद्यार्थी संगठनहरू मौन रहन्छन्। तर, गोली चलाउने आदेश दिने दलका नेतामाथि उजुरी गर्नासाथ उनीहरू विरोधमा उत्रिन्छन्।”
उनका अनुसार यस्तो प्रवृत्तिले विद्यार्थीको स्वतन्त्रता र शिक्षाको वातावरण दुबैमा नकारात्मक असर पारेको छ। उनले थपेकी छन्, “विद्यार्थीलाई विद्यार्थी नै रहन दिनुपर्छ, र सम्मानित पेसालाई सम्मानित रहन दिनुपर्छ।”
