• Wednesday 21st of October 2026

चुनावी माहोल बढ्दै जाँदा कांग्रेस-एमाले अदालतमार्फत प्रतिनिधिसभा ब्युँताउने तयारीमा


  • धनकुटा खबर
  • .

काठमाडौ । सरकार र केही दल आगामी चुनावको तयारीमा सक्रिय भइरहेका बेला नेपाली कांग्रेस र नेकपा (एमाले) भने चुनावभन्दा बढी प्रतिनिधिसभा पुनःस्थापनातर्फ केन्द्रित देखिएका छन्।

दुवै दलले विघटित प्रतिनिधिसभा ब्युँताउने योजना अघि सारेका छन् र त्यसका लागि अदालत जाने तयारी गरिएको छ।

श्रोतका अनुसार नेपाल बार एसोसिएसनलाई अगाडि सारेर दुई तिहाइ वा बहुमत सांसदहरूको हस्ताक्षरसहित रिट दर्ता गर्ने, सभामुखलाई कानुनी प्रक्रियामा ल्याउने र स्वतन्त्र कानुन व्यवसायीमार्फत मुद्दा दायर गर्ने विकल्पमा छलफल भइरहेको छ।

सर्वोच्च अदालतले हाल भौतिक क्षति देखिएको कारण रिट लिन सुरु नगरे पनि, रिट दर्ता भएपछि विषयलाई अदालतमा लैजान तयारी छ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको धारणा दुवै दलको साझा रहेको र यसबारे आन्तरिक छलफल जारी रहेको जानकारी छ।

एक अधिकारीले भने- “कुन दिन अदालत जाने भन्ने मात्रै टुंगिन बाँकीछ; तर कांग्रेस र एमाले यस विषयमा एकताबद्ध भएर अघि बढ्ने तयारीमा छन्।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖