• Wednesday 21st of October 2026

एमालेका स्थायी कमिटी सदस्य महेश बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले लियो बयान


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य महेश बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ।

बुधबार बिहानै ब्युरो पुगेका बस्नेतसँग प्रहरी अधिकारीहरूले सोधपुछ गरेको पुष्टि भएको छ।

प्रहरीका अनुसार एक महिलाले दिएको जाहेरीका आधारमा बस्नेतसँग बयान लिइएको हो।

उक्त जाहेरीपछि सरकारी वकिल कार्यालयले अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो। त्यसैका क्रममा साइबर ब्युरोले आज उनलाई उपस्थित गराई बयान प्रक्रिया सम्पन्न गरेको हो।

प्रहरीले उक्त मुद्दाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। यस विषयमा बस्नेत वा एमाले पार्टीको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖