• Wednesday 21st of October 2026

राजसंस्थावादी जेनजी समूहको १५ बुंदे प्रस्ताव : साझा समाधान नभए बिद्रोहको चेतावनी


  • धनकुटा खबर
  • .

राजसंस्थाको पुनःस्थापनाको पक्षमा रहेको भनिएको ‘जेन–जी एलायन्स फर मोनार्की’ नामक समूहले १५ बुँदे प्रस्ताव सार्वजनिक गर्दै राष्ट्रिय एकताको नयाँ मार्ग खोज्न सर्वपक्षीय सहमतिको माग गरेको छ।

उक्त वक्तव्यमा सरकार र प्रमुख राजनीतिक शक्तिहरूलाई सम्बोधन गर्दै साझा समाधान नखोजिए ‘विद्रोह’मा जान बाध्य हुने चेतावनी दिइएको छ।

‘जेन–जी’ समूहका तर्फबाट जारी उक्त दस्तावेजमा कुनै नाम वा हस्ताक्षर उल्लेख गरिएको छैन। तर वक्तव्यमा संवैधानिक राजसंस्थाको पुनःस्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली, सांसदहरूको अधिकार सीमित गर्ने, असमान सन्धिहरू खारेज गर्ने, र नेपाललाई हिन्दु–बौद्ध–किराँत धर्मराज्य घोषणा गर्नुपर्ने माग राखिएको छ।

त्यसैगरी, १८ देखि २४ वर्ष उमेर समूहका युवाका लागि अनिवार्य राष्ट्रिय सेवा लागू गर्ने, सबै तहमा कम्तीमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने लगायतका प्रस्तावहरू पनि समावेश छन्। समूहले देशको स्थायित्व र राष्ट्रिय एकताको लागि अब राजनीतिक सहमति अपरिहार्य भएको दाबी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖