काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो ।- कृष्ण खड्का/रातोपाटी
