• Wednesday 21st of October 2026

रास्वपाको नेतृत्वमा हलचल : कुलमान घिसिंगलाई सभापति बनाउने तयारी,बालेनको पनि समर्थन


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राख्ने तयारी भइरहेको छ। पार्टी सभापति रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्ति नियुक्त गर्ने प्रयास भइरहेकै बेला, काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को समर्थनपछि छलफल तीव्र भएको एक नेताले जानकारी दिएका छन्।

स्रोतका अनुसार हाल रवि, बालेन र घिसिङसँग चरणबद्ध छलफल भइरहेको छ। बालेनसँगको छलफलमा पार्टीको नाम र चुनाव चिह्न (रास्वपा र घण्टी) पुरानै राख्ने सहमति जुटिसकेको छ। सभापतिबारे सर्वसहमति पात्रको खोजी गर्दा घिसिङ उपयुक्त हुने ठहर भएपछि बुधबार लामो छलफल भएको स्रोतले दाबी गरेको छ।

घिसिङले रवि र बालेनको समर्थन पाएर नयाँ पार्टी दर्ता गर्ने प्रक्रियालाई रोक्दै, रास्वपाको नेतृत्वमा रहने अन्तिम टुंगो लागेपछि हालको मन्त्री पदबाट राजीनामा दिने तयारीमा छन्।

गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि नख्खु जेलबाट मुक्त भएका लामिछानेकै कारण रास्वपाभित्र मतभेद बढेको थियो। आन्दोलनपछि उत्पन्न परिस्थितिमा बालेनले नयाँ राजनीतिक दल खोलेर जेन–जी आन्दोलनको आधिकारिकता ग्रहण गर्ने प्रयासमा रहेका थिए।-जनता टाइम्स

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖