• Wednesday 21st of October 2026

लामिछाने झुटो मुद्दा खेपेर पुरानादेखि नयाँहरूसँग लडिरहेका वेलामा भित्र, बाहिरबाट झेली नगरौँ ल !’


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचिवालय सदस्य दिपक बोहराले कुनै व्यक्ति तथा दलसँग पद वा भूमिकाबारे संवाद नभएको बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।

‘निकै अघिदेखि नै सीके राउतदेखि गोपी हमाललगायत विभिन्न नयाँ राजनीतिक शक्ति, समूह, व्यक्तिहरूसँग छलफल भइरहेको छ। बालेन र कुलमानहरूसँग त पार्टी खोल्नु अगाडिदेखि नै संवादमा छौँ। जेनजी आन्दोलनपछि कार्यदल नै बनाई नयाँहरूसँग छलफल अगाडि बढाइएको छ। तर, कुनै व्यक्ति या दलसँग कुनै पद वा भूमिकाबारे संवाद भएको छैन। समाचार बन्ने भए तथ्य यही हो। बाँकी कथा–कहानी जोड्नु पर्दैन’ उनले लेखेका छन् ।

उनले पार्टीका पदाधिकारी,प्रवक्ता,सह प्रवक्ता कसैलाई पनि नसोधेर मिडिया ट्रायल गर्दिने भन्दै प्रश्न समेत गरेका छन् ।

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने हाल ललितपुरस्थित नख्खु कारागारमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖