• Wednesday 21st of October 2026

शाहीको चेतावनी : ‘फ्रि तिब्बत अभियानका व्यक्तिलाई मन्त्री बनाउने तयारी राष्ट्रघात हो’


  • धनकुटा खबर
  • .

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ग्यानेन्द्र शाहीले सरकारले मन्त्रिपरिषद्मा ‘Free Tibet’ अभियानसँग जोडिएका व्यक्तिलाई समावेश गर्न खोजेको भन्दै कडा आपत्ति जनाएका छन्। उनले यस्तो कदम राष्ट्रघात हुने चेतावनी दिएका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन् — “अब बन्ने मन्त्रिपरिषद्मा तिब्बती अभियानकी अभियन्ता र उनका बुबाआमा तिब्बतबाट दलाई लामासँगै भागेर आएका शरणार्थी हुन्, तर उनका बाआमाले नकली नागरिकता लिएर कर्णालीमा बस्दै आएका छन्।” उनले यस्ता व्यक्तिलाई मन्त्री बनाउने तयारी राष्ट्रको सार्वभौमिकतामाथि आँखा पुर्ने कार्य भएको टिप्पणी गरेका छन्।

उनका अनुसार नेपालमा विदेशी प्रभाव र नागरिकता दुरुपयोग हुँदै गएको छ, र यस्तो अवस्थामा सरकारले विवेकपूर्ण निर्णय लिनु जरुरी छ। उनले प्रधानमन्त्रीलाई चेतावनी दिँदै भनेका छन्, “केपी ओलीको सरकारले ७१ घण्टा पनि टिकेन, तपाईंको सरकारले ७२ घण्टा पनि टिक्ने छैन यदि राष्ट्रघाती कार्य भयो भने।”

शाहीले प्रधानमन्त्रीलाई सल्लाह दिँदै थपे, “म सल्लाहकारको रूपमा भनिरहेको छु, यस्तो गलत कार्य अगाडि नबढाइ देशको स्वाभिमान जोगाउनुहोस्।”

उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। कतिपयले शाहीको वक्तव्यलाई राष्ट्रियताको पक्षमा ठानेका छन् भने केहीले यसलाई अतिशयोक्तिपूर्ण राजनीतिक अभिव्यक्ति भनेर आलोचना पनि गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖