• Tuesday 20th of October 2026

शितल निवासमा प्रधानमन्त्री कार्कीसहित विघटित प्रतिनिधि सभामा सहभागी सबै दलसँग छलफल


  • धनकुटा खबर
  • .

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका सबै मन्त्री, विघटित प्रतिनिधि सभामा सहभागी दलका प्रतिनिधिलगायतसँग राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शितल निवासमा छलफल गर्ने भएका छन्।

आसन्न मध्यावधि चुनावका सन्दर्भमा छलफल हुने शितल निवास स्रोतले जनाएको छ। सरकारले फागुन २१ का निम्ति निर्वाचन गर्नेगरी तयारी जारी राखेका बेला त्यसलाई सफल बनाउनका लागि छलफल गर्न लागिएको हो।

जेनजी आन्दोलनपछि राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेका थिए। लगत्तै सरकारले फागुन २१ मा चुनावको मिति सिफारिस गरेपछि शितल निवासले सूचना जारी गरेको थियो।

माओवादी केन्द्रले चुनावमा जाने निर्णय गरिसकेको छ भने कांग्रेस छलफलका क्रममा रहेको छ। रास्वपा चुनावमा जाने निधोमा बसेको छ भने एमाले भने चुनावमा नजाने र प्रतिनिधि सभा पुनःस्थापनाको लागि पहल गर्ने मुडमा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖