• Tuesday 20th of October 2026

प्रधानमन्त्री सुशिला कार्कीको नयाँ रणनीति — जेन–जेड प्रतिनिधिलाई मन्त्री बनाउन तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं।प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद् विस्तारका क्रममा जेन–जेड (Gen Z) पुस्ताका प्रतिनिधिलाई मन्त्रीमा समावेश गर्ने तयारी गरेको खुलासा भएको छ।

सरकार नजिकका स्रोतका अनुसार कार्कीले अहिले खाली रहेका मन्त्रालयहरूमा युवा पुस्ताबाट आउने सक्षम र निडर अनुहारहरूलाई प्राथमिकता दिने निर्णय गरेकी छन्।

मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको र यसअघि रिक्त रहेका मन्त्रालयहरूमा नयाँ पुस्ताका व्यक्तित्वहरूलाई समावेश गर्ने योजना बनाइएको बुझिएको छ।

सरकार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीको यो निर्णय राजनीतिक सन्तुलनभन्दा बढी “पुस्तागत रुपान्तरण” तर्फ केन्द्रित रहेको छ। उनका निकट एक सल्लाहकारले भने,

“प्रधानमन्त्रीज्यू चाहनुहुन्छ कि अब नेतृत्वमा नयाँ सोच, नयाँ ऊर्जा र प्राविधिक दृष्टिकोण भएका युवाहरू आउन्। देशको भविष्यका लागि यो एउटा आवश्यक प्रयोग हो।”

यसअघि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारका क्रममा “योग्यता, इमानदारी र कार्यक्षमता” लाई मुख्य मापदण्ड बनाइने बताएकी थिइन्।

हाल सरकारमा करिब चार मन्त्रालय रिक्त रहेको र ती मध्ये शिक्षा, युवा तथा सूचना प्रविधि, श्रम तथा सामाजिक विकास, र वन मन्त्रालयमा नयाँ नियुक्ति हुने संकेत पाइएका छन्।राजनीतिक विश्लेषकहरूले यो कदमलाई “युवा पुस्ताको प्रतिनिधित्वलाई संस्थागत गर्ने सकारात्मक प्रयास” भनेका छन्।

यदि योजना सफल भयो भने सुशिला कार्की नेपालको पहिलो प्रधानमन्त्री बन्नेछिन् जसले Gen Z पुस्ताबाट मन्त्री नियुक्त गर्ने ऐतिहासिक निर्णय लिनेछिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖