काठमाडौ । गोकुल बास्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लक्षित गर्दै सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “दाँत हास्ने तर आँत नहास्ने कायदा पनि खतरनाक कला हो। राजनीतिमा यो अब्बल हो भन्दै रहनेछन्, अक्सर सबैको राम्रो चाहनेहरूले।”
यो टिप्पणी ओलीले गुन्डुमा एमालेद्वारा आयोजित बैठकमा आफ्ना आलोचक र विकल्प खोज्ने नेतामाथि प्रहार गरेपछि आएको हो। ओलीले पार्टीभित्रको असन्तुष्ट धार र वैकल्पिक नेतृत्व खोज्ने प्रयासमाथि कठोर टिप्पणी गरेका थिए।
बास्कोटाको यो प्रतिक्रिया त्यसकै प्रतिउत्तरका रूपमा व्याख्या गरिएको छ। उनी विगत केही समयदेखि पार्टी नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका छन् र खुलेरै एमालेमा नेतृत्व परिवर्तन र ओलीको विकल्प खोजिनुपर्छ भन्ने धारणा राख्दै आएका छन्।
पूर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटा एमालेका प्रभावशाली र सक्रिय युवा नेतामध्येका एक मानिन्छन्। जेन–जी आन्दोलनपछि उनी र ओलीबीचको सम्बन्ध झन् चिसिएको बताइन्छ।
