काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रै गम्भीर संकटमा परेका छन्। सचिवालय बैठकमा ६ जना वरिष्ठ नेताहरूले ओलीले पद छोड्नुपर्ने माग गरेपछि उनी रक्षात्मक बनेका छन्।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले लिखित रूपमा ओलीको राजीनामा मागिन्, जबकि युवराज ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डेले पनि पार्टी पुनर्गठनको अडान लिए।
ओलीको बचाउमा भने महासचिव शंकर पोखरेल र उपाध्यक्ष गुरु बराल मात्र खुलेर उभिएका छन्।
बैठकमा धेरै नेताहरूले ओलीको नेतृत्व शैलीलाई जेनजी पुस्ताको असन्तुष्टि र आन्दोलनको मुख्य कारण भनेका छन्।
‘अब षडयन्त्र भनेर मात्र हुँदैन, तपाईंले सहज निकास दिनुपर्छ,’ भन्दै शाक्यले ओलीलाई खुला चुनौती दिइन्।
ओलीको ‘प्रतिनिधि सभा पुनर्स्थापनाको माग’लाई समेत आफ्नै टोलीभित्र अस्वीकार गरिएको छ, जसले उनलाई अझै एक्लो बनाएको देखिन्छ।
