• Tuesday 20th of October 2026

कैदी फरार प्रकरण र त्यसपछि भएको हत्या घटनाको जिम्मेवारी बालेन र रवि लामिछानेले लिनुपर्ने :महेश बस्नेत


  • धनकुटा खबर
  • .

नेकपा एमालेका युवा नेता महेश बस्नेतले हालै भएको कैदी फरार प्रकरण र त्यसपछि भएको हत्या घटनाको जिम्मेवारी काठमाडौंका मेयर बालेन शाह र रास्वपा अध्यक्ष रवि लामिछानेले लिनुपर्ने बताएका छन्।

उनका अनुसार, नख्खु कारागारबाट भागेका आकाश मगरले असोज १३ गते बालाजु मनमैजुमा २५ वर्षीय सुरज तामाङलाई खुकुरी प्रहार गरी घाइते पारेका थिए। सुरजको भोलिपल्ट उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भयो।

बस्नेतले भने, “जेनजी आन्दोलनको नाममा जेल तोड्ने र कैदी भगाउने काम भयो, अहिले ती फरार कैदीहरूले निर्दोष नागरिकको ज्यान लिँदैछन्। यसको जिम्मा बालेन शाह र रवि लामिछानेले लिनुपर्छ।”

यसअघि पनि फरार कैदी सन्तबहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको थियो। बस्नेतका अनुसार, यी घटनाले जेनजी आन्दोलनको ‘वास्तविक परिणाम’ देखाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖