• Tuesday 20th of October 2026

प्रधानमन्त्री कार्कीको जेनजीलाई सन्देश: “ढुक्क हुनुस्, यो सरकार एनजीओको हैन”


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग शीतलनिवासमा अनौपचारिक छलफल गर्दै सरकार ‘एनजीओले चलाएको’ भन्ने आरोप अस्वीकार गरेकी छिन्।

छलफलमा सहभागी जेनजीहरूले भ्रष्टाचार नियन्त्रण, दोषीमाथि कारबाही, र आन्दोलनको वैधता जस्ता विषय उठाए। प्रधानमन्त्रीले सुशासन र समयमै निर्वाचन गराउने प्रतिबद्धता दोहोर्याइन्।

अर्थमन्त्री रामेश्वर खनालले सरकारको शून्य सहनशीलता नीतिअनुसार भ्रष्टाचारविरुद्ध कारबाही भइरहेको बताए।

राष्ट्रपति पौडेलको स्वास्थ्य समस्या भएपछि उनसँगको वार्ता स्थगित भएको थियो, तर प्रधानमन्त्री कार्कीले उपस्थित जेनजीहरूसँग लगभग एक घण्टा छलफल गरिन्।

छलफलमा जेनजीहरूबीच आन्तरिक असन्तुष्टि र विभाजनको विषय पनि उठेको थियो। केही प्रतिनिधिहरूले सरकारसँग चरणबद्ध रूपमा संवाद अघि बढाउने प्रस्ताव गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖