काठमाडौं, २५ असोज । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक दुई दिन पछाडि सरेको छ ।
असोज २६ गते (भोलि) का लागि बोलाइएको केन्द्रीय समिति बैठक असोज २८ का लागि सारिएको हो ।
कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठक दुई दिन पछाडि सारिएको कांग्रेस नेता श्याम घिमिरेले बताए ।