• Tuesday 20th of October 2026

प्रचण्ड सचिवालयको चुनौती: ‘२ ट्रकमा २ करोड’ दाबी प्रमाणित गरौं


  • धनकुटा खबर
  • .

नेकपा (माओवादी केन्द्र) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जेनजी आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको दाबीलाई निराधार ठहराउँदै सम्बन्धित सञ्चार माध्यमहरूलाई सत्य प्रमाणित गर्न चुनौती दिएको छ।

भदौ २३–२४ गतेको आन्दोलनअघि सोशल मिडियामा यस्तो भिडिओ र दाबी सार्वजनिक भएको थियो। सचिवालयका तर्फबाट गोविन्द आचार्य ले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि पार्टी र नेतृत्वविरुद्ध प्रवाह भएका समाचार र सामग्रीहरू पूर्वाग्रही, उत्तेजक र असत्य भएको स्पष्ट छ।

सचिवालयले सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको र गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबी पनि प्रमाणित गर्न चुनौती दिएको छ। साथै डिजिटल माध्यमबाट फैलाइएका गलत प्रचारप्रति साइबर कानुन अनुसार अनुसन्धान र कानुनी कारबाही गर्न सम्बन्धित निकायहरूमा अनुरोध गरिएको छ।

विज्ञप्तिमा आम नागरिकलाई भ्रामक प्रचारको भ्रममा नपर्न सतर्क रहन अपिल पनि गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖