• Tuesday 20th of October 2026

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ


  • धनकुटा खबर
  • .

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।

उनीमाथि विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेको छ। महरालाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो।

उनसँग केही दिन अघि बयान लिइएको थियो, र उनी संलग्न सुन तस्करीको फाइलमा अनुसन्धान जारी थियो। अनुसन्धान अनुसार, त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर कल रेकर्डले संवाद देखाएको छ।

पहिले यो अनुसन्धान फाइल सत्ता र शक्तिको आडमा अघि बढ्न सकेको थिएन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖