• Tuesday 20th of October 2026

विपिनका दाजु दीपक जोशीले भने, “जबसम्म सबै बन्धकको रिहाई हुँदैन, तबसम्म हामी विपिन जीवितै छन् भन्ने आशामा छौं


  • धनकुटा खबर
  • .

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पन्डितले जानकारी दिएका छन् कि ह’मासले रिहा गर्न लागेको २० जना जीवित ब’न्धकको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम छैन।

राजदूत पन्डितका अनुसार, आज बिहान इजरायली समय अनुसार ७:३० बजे इजरायली सेनाबाट फोन आएको थियो। त्यसपछि उनी, विपिनका दाजु दीपक जोशी, बहिनी पुष्पा जोशी र इजरायली सेनाको प्रतिनिधिबीच सामूहिक रूपमा भिडियो कलमार्फत कुराकानी भएको थियो। सो कुराकानीमा इजरायली सेनाले विपिन जोशी जीवितहरूको सूचीमा नरहेको औपचारिक जानकारी दिएका थिए।

राजदूत पन्डितले थप बताए अनुसार, विपिनको शव पनि अहिलेसम्म फेला परेको छैन। गाजा क्षेत्रमा रहेको हमासको सुरुङभित्र बहुराष्ट्रिय सेनाले उनको खोजी कार्य जारी राखेको छ।

विपिनका दाजु दीपक जोशीले भने, “जबसम्म सबै बन्धकको रिहाई हुँदैन, तबसम्म हामी विपिन जीवितै छन् भन्ने आशामा छौं।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖