• Tuesday 20th of October 2026

सत्यको कुनै दाम हुँदैन, सत्यको दुबै कान हुँदैन , समर्पण हुन्छ , दान हुँदैन :मेयर बालेन


  • धनकुटा खबर
  • .

काठमाडौ महानगरका मेयर बालेन शाह लेख्छन् –

सत्यको कुनै एउटा पहिचान
कुनै नाम हुँदैन।
मिथ्याजस्तो ठूलो अभिमान,
कुनै शान हुँदैन।

जलझैँ शीतल, फूलझैँ कोमल,
सुन न पित्तल, किसानझैँ फोहर।
आकाशझैँ विशाल,
स्पर्शझैँ सूक्ष्म,
सगरमाथाझैँ हिमाल,
थोपाझैँ पूर्ण।

सत्यको कुनै दाम हुँदैन,
सत्यको दुबै कान हुँदैन ,
समर्पण हुन्छ , दान हुँदैन ,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन, नाम हुँदैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖