• Tuesday 20th of October 2026

प्रधानमन्त्री कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्चमा पुगे सफल


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ असोज । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

सामाजिक अभियन्ता युवराज पौडेल ‘सफल’ ले प्रधानमन्त्री कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै गैर संवैधानिक रहेको दाबी गर्दै असंवैधानिक घोषणा गरी संविधानसम्मत तरिकाबाट सरकार गठन गर्न माग गरेका हुन् ।

‘सुशीला कार्कीलाई राष्ट्रपतिज्यूबाट प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको कार्य, प्रधानमन्त्री नियुक्त हुनसाथ निज विपक्षी सुशीला कार्कीले गर्नुभएको सिफारिसमा प्रतिनिधिसभा विघटन गैर संवैधानिक भएको हुँदा असंवैधानिक घोषणा गरी संविधानसम्मत तरिकाबाट सरकार गठन गरी पाऊ,’– रिट निवेदनमा भनिएको छ ।

त्यस्तै, जेन–जी आन्दोलनको क्रममा भदौ २३ गते भएको नरसंहारलाई मानवताविरोधी अपराध घोषणा गरी दोषीलाई कानूनी दायरामा ल्याउन पनि माग गरिएको छ ।

रिट निवेदक सफलले भदौ २४ गते सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवनलगायतका सार्वजनिक र निजी सम्पत्ति जलाउने आपराधिक कार्य गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन पनि माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖