• Tuesday 20th of October 2026

सरकारी कार्यालहरुमा थर्काउँदै हिँड्ने जेनजी अभियन्ता अर्जुन शाही पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ असोज । आफूलाई जेनजी अभियन्ता बताउने अर्जुनबहादुर शाही पक्राउ परेका छन् ।

शाहीलाई कोटेश्वरबाट प्रहरीले पक्राउ गरेको हो । उनले विभिन्न सरकारी कार्यालयहरुमा जेनजीको नामा आतङ्क फैलाउँदै आएका थिए ।

सरकारी कार्यालयहरुमा गएर हुलहुज्जत गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

यद्यपि शाही यसअघि पनि चोरी, ठगी र बैंकिङ्ग कसुरको अभियुक्त रहेको खुल्न आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖