• Tuesday 20th of October 2026

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिनुपर्ने माग गर्दै अध्यक्ष ओली र महासचिव पोखरेललाई केन्द्रीय सदस्य ढुंगेलको पत्र


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० असोज । नेकपा (एमाले) का केन्द्रीय सदस्य माधव ढुङ्गेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल पार्टी सदस्यता दिलाउन माग गर्दैै लिखित पत्र बुझाएका छन् ।

केन्द्रीय कमिटीको दोस्रो दिन आज उनले पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिनुपर्ने मागसहित पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई पत्र बुझाएका हुन् ।

बैठकमा केन्द्रीय सदस्यहरु रचना खड्का, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह, ममता गिरीलगायतले पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिन दवाब दिएका थिए ।

उनीहरुले पार्टी अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गरेर अभिभावकीय भूमिकामा बस्नसमेत सुझाव दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖