• Tuesday 20th of October 2026

विद्यादेवी भण्डारीसँग ओलीको कटाक्ष: “माइती बनेर आउन पर्दैन, बरु उहाँले सघाउनुपर्ने हो”


  • धनकुटा खबर
  • .

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको सम्बन्ध फेरि चर्चा मा आएको छ। बुधबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरण माग्नेहरूलाई लक्षित गर्दै कडा शब्द प्रयोग गरे।

ओलीले भने, “कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनुपर्दैन, म उहाँलाई राम्रैसँग जान्दछु, जब उहाँ अप्ठेरो अवस्थामा हुनुहुन्थ्यो, मैले सहयोग गरेको हुँ।” उनले थपे, “म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ, बरु उहाँले आएर सघाउनुपर्ने हो।”

ओलीको यस भनाइले भण्डारीसँगको दूरी र आन्तरिक असमझदारी अझ स्पष्ट बनाएको छ। पछिल्ला राजनीतिक गतिविधि र सदस्यता विवादबीच ओलीको टिप्पणीलाई विद्यादेवी भण्डारीप्रति तीखो प्रतिक्रिया र ‘शीतयुद्ध’ को संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖