• Tuesday 20th of October 2026

प्रचण्डलाई ओलीको खुला चूनौती : मैले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिश गरेको पत्र छ भने सार्वजनिक गरिदिए हुन्छ


  • धनकुटा खबर
  • .

काठमाडौं, २ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नाम सिफारिश गरेर राष्ट्रपतिलाई कुनै पत्र नलेखेको दाबी गरेका छन् ।

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले हिजोमात्रै ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिश गरेर राष्ट्रपतिलाई लेखेको पत्र आफूले पढेको भनेका थिए । त्यसको भोलिपल्ट आज सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले त्यस्तो पत्र भए सार्वजनिक गर्न प्रचण्डलाई चूनौति दिए ।

उनले भने,‘मैले त्यही सहमति अनुसार, मैले त्यो भाषामा सिफारिस गरेको थिएँ । परेको बेलामा प्रति त निस्किन्छ । सुशीला कार्कीजीको मैले कतै सिफारिस गरेको छु भने फ्ल्यास गरिदिए हुन्छ । प्रचण्डजीसँग प्रमाण छ भने निकालिदिए हुन्छ त ?’ सो क्रममा उनले आफूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लेखेको सिफारिश पत्रको व्यहोरो वाचन गरेर सुनाएका थिए ।

यस्तो छ उनको सिफारिश पत्रको व्यहोरो :

“वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर, संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले र यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधान भित्रबाटै अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖