• Tuesday 20th of October 2026

मोहन वैद्यले छाडे पार्टी नेतृत्व, महासचिवको जिम्मा सिपी गजुरेललाई


  • धनकुटा खबर
  • .

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणले पार्टी नेतृत्व छाडेका छन्।

स्वास्थ्यका कारण विगत १० महिनादेखि राजनीतिक गतिविधिहरूमा सक्रिय हुन नसकेका महासचिव वैद्यले शनिबारदेखि नेतृत्व छाडेका हुन्। ८० वर्षीय वैद्यले पार्टीको सक्रिय राजनीतिक नेतृत्व छाडेका हुन्।

महासचिवबाट वैद्यले स्वेच्छिक रूपमा नेतृत्व छाडेका हुन्। उनी अब पार्टीको सल्लाहकार रहनेछन्।

पार्टी केन्द्रीय कमिटी बैठकमा वैद्यले महासचिवको जिम्मेवारी छाडेको र केन्द्रीय कमिटीले उक्त जिम्मेवारी सिपी गजुरेललाई दिएको हो।

‘म १० महिनादेखि कार्यवाहक महासचिव थिएँ, हिजो शनिबारको केन्द्रीय कमिटीले मलाई महासचिवको जिम्मेवारी दिएको हो,’ गजुरेलले सेतोपाटीसँग भने, ‘उहाँ (वैद्य) लाई स्वास्थ्यले पनि साथ दिएन, उहाँ अब पार्टी सल्लाहकार रहनुहुन्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖