• Tuesday 20th of October 2026

महराको बचाउमा प्रचण्डको कडा जवाफ– ‘प्रतिक्रियावादीहरूले षड्यन्त्रको सुरुआत गरे’


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसभामुख कृष्णबहादुर महराको कडा बचाउ गरेका छन्। उनले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादी शक्तिहरूले महराविरुद्ध गलत सन्देश फैलाउँदै षड्यन्त्र सुरु गरेको आरोप लगाएका छन्।

ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल संवत् ११४६ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, “महरालाई निचोर्न खोज्नेहरू प्रतिक्रियावादी हुन्, षड्यन्त्रबारे जनताले बुझिसकेका छन्।”

उनले पत्रकारहरूले पार्टी नेतृत्वमा को हुनुहुन्छ वा होइन भन्ने निर्धारण गर्न खोज्नु गलत भएको भन्दै, “यो निर्णय पार्टीका सदस्यहरूले गर्छन्, बाहिरका टिप्पणीले होइन,” भन्ने प्रतिक्रिया दिएका छन्।

उनको यो वक्तव्य पछिल्लो समय महरालाई लिएर फैलिएका विवादबीच आएको हो, जसले पुनः माओवादी भित्रको आन्तरिक तानातानलाई सतहमा ल्याएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖