• Tuesday 20th of October 2026

विपिन जोशीको मृत्यु टाउकोमा गोली लागेर भएको इजरायली फरेन्सिक रिपोर्टमा पुष्टि


  • धनकुटा खबर
  • .

इजरायल–हमास युद्धका क्रममा मारिएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु टाउकोमा गोली लागेर भएको इजरायली फरेन्सिक रिपोर्टमा पुष्टि भएको छ।

इजरायलको द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन ले तयार पारेको परीक्षण प्रतिवेदनमा जोशीको टाउकोमा गोली प्रहार भएको र त्यही चोटका कारण उनको मृत्यु भएको उल्लेख गरिएको छ। इजरायली अधिकारीहरूले उक्त रिपोर्ट नेपाल सरकारलाई आधिकारिक रूपमा उपलब्ध गराएका छन्।

मृत्युको कारण स्पष्ट भइसकेकाले नेपालमा पुनः पोष्टमार्टम गर्न नपर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। इजरायलमा कार्यरत नेपाली विद्यार्थी जोशी सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। करिब दुई वर्षपछि मात्र उनको मृत्युको पुष्टि भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖