• Tuesday 20th of October 2026

“भाग्ने बाटो बन्द भएपछि केही नेताहरू नेपालमै छु भन्दै देखा परे” – गृहमन्त्री अर्याल


  • धनकुटा खबर
  • .

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले केही नेताहरू भाग्ने र लुक्ने अवस्था नसकेपछि नेपालमै छु भनेर देखा पर्न थालेको बताएका छन्।

बालुवाटारमा प्रधानमन्त्रीसहित जेन–जी आन्दोलनका घाइतेहरूसँगको छलफलका क्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

घाइतेहरूले छलफलमा भ्रष्टाचारीलाई तत्काल कारबाही गर्न माग गर्दै चेतावनी दिएका थिए कि, यदि सरकारले कदम चालेन भने पुनः सडकमा उत्रनेछन्।

घाइते समूहका प्रतिनिधि रुपिन खड्काले प्रश्न गरेका थिए, “जसका विरुद्ध आन्दोलन गरेका थियौँ, तिनीहरूलाई पक्राउ गर्न के रोकेको छ – नियम, कानुन कि संविधान?”

छलफलमा मन्त्री अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनको प्रगतिबारे जानकारी दिएका थिए।

स्मरण रहोस्, केही दिनअघि उनले कांग्रेस नेता तथा पूर्वऊर्जामन्त्री दिपक खड्का देश छोडी भागेको बताएका थिए, तर खड्काले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै देश नछोडेको र गृहमन्त्रीलाई चुनौती दिएको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖