• Tuesday 20th of October 2026

“२०७३ सम्म म पनि एमालेमै थिएँ”:गृहमन्त्री अर्याल


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंमा प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण तयार पार्न बोलाएको दलहरूको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले आफू २०७३ सालसम्म एमालेकै कार्यकर्ता भएको बताए। बैठकमा दलका नेताहरूले सरकारको शैली र गृहमन्त्रीको बोलीको तीव्र आलोचना गरेका थिए।

जेन-जी आन्दोलनको क्रममा लुटिएका हतियारको जिम्मेवारी सरकारको भएको भन्दै, नेताहरूले हतियार प्रयोग नगर्ने प्रतिबद्धता जनाउन गृहमन्त्रीले के भनेको स्पष्ट गर्नुपर्ने भन्दै आपत्ति जनाएका थिए।

आलोचनापछि गृहमन्त्री अर्यालले आफ्नो उद्देश्य दल विरोधी वातावरण बनाउनु नभएको र सरकार दललाई बाइपास गर्ने नीति अपनाएको नभएको स्पष्ट पार्दै भने, “म पनि २०७३ सालसम्म एमालेमै थिएँ।” उनले शान्ति सुरक्षामा सुधार गर्दै तोकिएको मितिमा चुनाव गर्न सक्रिय रहेको भन्दै दलको विश्वास जित्ने प्रयास गरिरहेका छन्।

बैठकमा प्रधानमन्त्री कार्की र अन्य मन्त्रीहरू पनि सहभागी थिए। दलका नेताहरूले निर्वाचन तयारीमा सहकार्यको आग्रह स्वीकार गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖