राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तोसिमा कार्कीले फेरि एकपटक पार्टी नेतृत्वमाथि कडा टिप्पणी गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्व महाधिवेशनदेखि डराएको आरोप लगाउँदै यस्तो नेतृत्वबाट उन्नत लोकतन्त्रको अपेक्षा गर्न नसकिने बताएकी हुन्।
कार्कीले फेसबुकमा लेखेकी छन्, “महाधिवेशनदेखि डराउने, भाग्ने र पन्छिने दल र दलका नेतृत्वहरूले उन्नत लोकतन्त्र स्थापित गर्लान् भनेर खै मैले कसरी मानिदिउँ?” उनले यसअघि पनि पार्टी सचिवालयमा आफूलाई समावेश नगरिएकोमा असन्तुष्टि जनाउँदै पार्टीभित्र सुधार र लोकतान्त्रिक अभ्यासको आवश्यकता औंल्याएकी थिइन्।
उनको यो टिप्पणी पार्टीभित्र नेतृत्वको निर्णय शैली र आन्तरिक लोकतन्त्रबारे चलिरहेको विवादकै बीच आएको हो। हाल रास्वपाभित्र सभापति रवि लामिछानेको नेतृत्वशैलीप्रति असन्तुष्ट नेताहरू खुल्दै आएका छन्, जसमा सुमना श्रेष्ठ र तोसिमा कार्की अग्रपंक्तिमा रहेका छन्।
