• Monday 19th of October 2026

बालेन र गृहमन्त्री विदेशीको आडमा चलिरहेका छन् : महेश बस्नेत


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन्।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित निजी निवासको अवलोकन गर्न पुगेका बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल ‘अपराधीको मतियार’ भएको दाबी गरे।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले भने, ‘गुण्डुमा हामी ओलीको लागि ओली कुटी बनाइदिन्छौं। यो जलाइएको घर राज्यको सम्पत्ति थियो। यसको लुटेरालाई समात्न गृहमन्त्रीलाई भन्छु। सरकारी कार्यालयहरु रातारात रंग लगाएर टालटुल पारिरहनु भएको छ। यसको मत्लब गृहमन्त्री थुनिएका मान्छेहरु छुटाउँदै छन्। गृहमन्त्री चाँही अपराधिहरु लुटेरा ठगहरुको प्रमाण नष्ट गर्ने अभियानमा लाग्नु भएको छ। त्यसकारण उहाँ सम्पूर्ण अराधको मतियार हो।’

उनले गृहमन्त्रीमाथि सिंहदरबार परिसरमा जलाइएका मोटरसाइकल र सवारी साधनहरू संसद भवनको पछाडि लगेर लुकाएको आरोपसमेत लगाए।
उनले भने, ‘सरकारी कार्यालयहरू रातारात रंग लगाएर टालटुल पारिरहनु भएको छ । यसको मतलब गृहमन्त्री थुनिएका मान्छेहरू छुटाउँदै छन् ।’
बस्नेतले गृहमन्त्रीमाथि अपराधीसँगको साँठगाँठ रहेको आरोप लगाउँदै भने, ‘गृहमन्त्री प्रमाण नष्ट गर्ने अभियानमा लाग्नु भएको छ । उहाँ सम्पूर्ण अपराधको मतियार हो ।’

यसैगरी उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उनको टिममाथि पनि बस्नेतले गम्भीर टिप्पणी गरे । उनले भने, ‘बालेनजी, गृहमन्त्रीजी र बालेनको जुन टिम छ, त्यो गोर्खाली भाइ पारितिरकै छन् । घुसपैठ गरेर नागरिकता बनाएका विदेशी मन भएका व्यक्तिहरूको आँडमा गृहमन्त्री बनेको देखिन्छ ।’

नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि विदेशी शक्ति र स्वदेशी घुसपैठियाको साथमा रही प्रमाण नष्ट गर्न सक्रिय रहेको आरोप लगाए ।

यसैगरी उनले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको छानविनमा प्रधानमन्त्री शुसीला कार्की, गृहमन्त्री र बालेन शाह सबैमा छानबिन हुनपर्ने बताए । उनले गृहमन्त्रीले काम गर्न नसके घोक्रेठ्याक लगाउँदै कुर्सीबाट निकालेर आफूहरु गृहमन्त्री बनेर काम गर्ने बताए ।

‘५४ जनाको हत्या भएको कुरा शुसीला कार्की, गृहमन्त्री र बालेन शाहसम्म सबैमा छानबिन हुनपर्छ । देशव्यापी रुपमा राष्ट्रिय युवा संघ नेपाले अहिलेसम्म २७ वटा जाहेरी हालेको छ । अब छानबिन हुन्छ कि हुँदैन । संसद पूर्नस्थापनाको प्रक्रियामा हामी गैइसकेका छौँ । अब एउटा ठूलो आन्दोलन लोकतान्त्रिक दलहरु मिलेर गर्ने छौँ । अब ओमप्रकाश जी ले गर्नु भएन भने ओमप्रकाश जीलाई घोक्रेठ्याक लगाएर उहाँको ठाँउमा गएर हामी गर्ने छौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖