• Monday 19th of October 2026

रगत पिएर अरूलाई लुसिफर भन्छौ, लाज लाग्दैन ?:बालेन


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले नेताहरूप्रति कटाक्ष गरेका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महानगर प्रमुख शाहले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर नेताहरूमाथि कटाक्ष गरेका हुन् ।

तुइन र काठको पुल बनाउने नेताहरूले नै मुलुक विदेशीले बिगारेको भन्ने गरेको उनले बताए । नेताहरूलाई लक्षित गर्दै उनले अगाडि भने, ‘भिसा पाउनलाई तिमिहरूको घर धाउनुपर्छ अरूलाई एजेन्ट भन्छौँ !’

जेनजीहरुको आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको र कांग्रेसले एमालेको जलाएको बताउँदै महानगर प्रमुख शाहले भने,’दोष आफ्नो बालबच्चालाई दिन्छौँ ! चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖