• Monday 19th of October 2026

आज पनि सार्वजनिक बिदा, पाँच दिनदेखि ठप्प सरकारी काम


  • धनकुटा खबर
  • .

काठमाडौं । यमपञ्चक अर्थात् तिहार बिहीबार नै समापन भए पनि सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको राजपत्र अनुसार कात्तिक ३ देखि ७ गतेसम्मका सबै दिन तिहारका लागि बिदा तोकिएको छ ।

यसअनुसार सोमबारदेखि बन्द रहेका सरकारी कार्यालयहरू आगामी आइतबार मात्र पुनः सञ्चालनमा आउने भएका छन् ।

तिथि घटबढका कारण तिहार बिदा यस वर्ष सामान्यभन्दा लामो भएको हो । यसअघि लक्ष्मीपूजा र भाइटीकाबीचको दिन अर्थात् कात्तिक ४ गते पनि अतिरिक्त बिदा दिइएको थियो। फलस्वरूप मंगलबार कुनै विशेष पर्व नपरे पनि सरकारी कार्यालयहरू बन्द रहे।

नियमित प्रशासनिक सेवा लिन चाहने सर्वसाधारण पाँच दिनसम्म सरकारी ढोका बन्द हुँदा असुविधामा परेका छन् ।

यता, निजी क्षेत्र र शिक्षण संस्थामध्ये धेरैजसोले भने बिहीबारपछि आंशिक रूपमा कामकाज सुरु गरिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖