• Monday 19th of October 2026

रबि बिरुद्द होइन,पार्टी सुधारका लागि बोलेकी हुं :तोसिमा कार्की


  • धनकुटा खबर
  • .

रास्वपाकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी पुनर्गठनको आवाज उठाउँदा आफू माथि आक्रमण र गलत व्याख्या गरिएको गुनासो गरेकी छन्। उनले पार्टी सबल र सुदृढ बनाउन गरिएको प्रयासलाई सभापति रवि लामिछानेको विकल्प खोजिएको भन्दै प्रचार गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरिन्।

डा. कार्कीका अनुसार पार्टीलाई समय सापेक्ष मध्यममार्गी र मुख्यधारको राजनीतिक शक्ति बनाउन वैचारिक र सांगठनिक पुनर्गठन आवश्यक छ। उनले जेनजी आन्दोलनपछि रास्वपाले वैकल्पिक शक्ति, नागरिक समाज र युवालाई समेट्न संगठनको पुनरावलोकन गर्नुपर्ने बताइन्।

पार्टी पंक्तिलाई सुधारका मोडालिटीमा छलफल गर्न आग्रह गर्दै उनले विस्तारित बैठकमा सहभागी सबै सदस्यलाई प्रतिवेदनमा राय राख्ने र भोटिङ अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिन्। कार्कीले पार्टीभित्र मतभेद होइन, सशक्तिकरण र सहकार्यका माध्यमबाट संस्थागत सुधार आवश्यक रहेको स्पष्ट गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖