राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका पाइलट तथा कलाकार क्याप्टेन विजय लामाले युलेन्स स्कुल जलाउन गएका भन्ने अनलाइन समाचार र फोटो दुरुपयोगप्रति आफ्नो स्पष्टिकरण दिएका छन्।
विजय लामाले भनेका छन्, “म राष्ट्रलाई अति माया गर्ने कलाकार हुँ। मैले जहिल्यै मेरो चन्द्र–सूर्य झण्डा मन पराउँछु र जय चन्द्र–सूर्य भन्दै फहराउँछु। कहिल्यै म मेरो देशलाई हानी पुर्याउने काममा लाग्दिन।” उनले थपे, “आज केहि कुत्सित तत्वले मेरो फोटो प्रयोग गरेर मलाई बदनाम गर्ने प्रयास गरेका छन्। कलाकारको नामको पछाडी लागेर यस्तो गर्नु हुँदैन। भावना जोड्ने कलाकारले भावना तोड्दैन।”
उहाँले आफ्नो जीवनको उद्देश्य नागरिक र राष्ट्रलाई जोड्ने काम रहेको भन्दै, “म तोडफोडको विरोधी हुँ। नभएको कुरा फैलाएर मेरो जय चन्द्र–सूर्य अभियानलाई बदनाम गर्ने प्रयासमा सबैलाई सतर्क रहन अनुरोध गर्दछु,” भनेका छन्।
