नागरिक बचाऔं महाअभियानका संयोजक दुर्गा प्रसाईंले सनातन हिन्दु राष्ट्र स्थापनका लागि आफूहरूले गर्न लागेको आन्दोलनमा जनताको साथ रहने बताएका छन् ।
प्रहरीका लुटिएका हतियार आन्दोलनमा प्रयोग गरेर हुने घुसपैठबारे आफूहरू सचेत रहेको समेत उनले बताए ।
आइतबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तक्रियामा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले साथ नदिए पनि आफ्नो आन्दोलन सफल हुने दाबी गरेका छन् ।
‘बालेनले साथ दिँदा आन्दोलन सफल हुने, नदिँदा सफल नहुने होइन । म स्टाटस लेखेर लुकेर बस्दिनँ’, एक प्रश्नको जवाफमा प्रसाईंले भने ।
प्रसाईंले आफूहरूको आन्दोलनमा घुसपैठ गरेर प्रहरीबाट लुटिएका हतियार दुरुपयोग हुनेबारे सचेत रहेको बताए ।
‘हामीसँग बन्दुक–बारुद छैन । कोही घुसपैठ गर्न नआओस्, किनकि यहाँ धेरै बन्दुक लटिएका छन् । तरपनि आन्दोलनको जिम्मा हामीले लिन्छौं’, उनले भने ।
बौद्ध र किराँतसहितको सनातन राष्ट्र स्थापना गर्ने आन्दोलन केही दिनमा घोषणा गर्ने प्रसाईंले बताए । आफूहरूले गर्ने आन्दोलनले देशको रिस्ट्रक्टर गर्ने समेत उनले दाबी गरे ।
प्रसाईंले वार्ताका लागि सरकारले गरेको आव्हानलाई सकारात्मक रूपमा लिएको पनि उल्लेख गरे ।
