• Monday 19th of October 2026

आफ्नो मन्त्रिपरिषद् विस्तारको तयारी रोक्दै आकस्मिक आन्तरिक छलफल सुरु गर्दै प्रधानमन्त्री सुशीला कार्की


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तारको तयारी रोक्दै आकस्मिक आन्तरिक छलफल सुरु गरेकी छिन्। चार नयाँ मन्त्रीलाई आजै शपथ ग्रहण गराउने तयारी भइरहे पनि, सिफारिस सूचीमा रहेका खगेन्द्र सुनारको नाम विवादमा परेपछि प्रधानमन्त्रीले पुनर्विचार थालेकी हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, सुनार नेपाल प्रहरीको फरार अभियुक्त सूचीमा रहेको समाचार बाहिरिएपछि कार्कीले गम्भीर रूपमा विषय लिएकी छन्।

“उहाँ अहिले मन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ,” स्रोतले भन्यो, “संभावना छ, एक जना मन्त्रीको नाममा पुनर्विचार हुनेछ।”

प्रधानमन्त्री कार्कीले आफूको मन्त्रिपरिषदमा विवादित वा कानुनी मुद्दामा मुछिएका व्यक्तिहरू नपरोस् भन्नेमा जोड दिएकी छन्।

खगेन्द्र सुनारविरुद्ध दुईवटा मुद्दा दर्ता भई अदालत र प्रहरीमा फरार अभियुक्तको रूपमा नाम रहेको खुलासा गरेपछि प्रधानमन्त्री कार्कीले सो विषयमा विस्तृत रिपोर्ट मागेकी थिइन्।

बालुवाटारमा जारी छलफलपछि मात्र नयाँ मन्त्रीहरूको अन्तिम नामावली राष्ट्रपति कार्यालयमा पठाइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारका उच्च अधिकारीहरूले भने, “प्रधानमन्त्री कार्कीको प्राथमिकता स्पष्ट छ — कानुनी विवादमा मुछिएका व्यक्तिलाई मन्त्री बनाउने निर्णय लिनु हुँदैन।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖