• Monday 19th of October 2026

आफू सुध्रिन तयार रहेको :दुर्गा प्रसाई


  • धनकुटा खबर
  • .

राजसंस्था पुनर्स्थापनाको पक्षमा अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार रहेको बताएका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले देश छाड्न भनिए पनि त्यसका लागि तयार रहेको बताए। २०५७ सालदेखि माओवादी हुँदै एमाले र हालको यात्रासम्मको अनुभव स्मरण गर्दै प्रसाईंले अब देश बनाउन र सुधारको बाटो समात्नुपर्ने बताएका छन्।

गत चैतमा तिनकुनेमा भएको आन्दोलन हिंसात्मक बनेपछि पक्राउ परेका प्रसाईंले अहिले पुनः आन्दोलनको तयारी गरिरहेका छन्।

गृह मन्त्रालयले उनलाई वार्तामा बोलाएको र उनले सरकारी पहलको स्वागत गरेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖