• Monday 19th of October 2026

५ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीको डीआईजीमा ८ जना एसएसपीको बढुवा सिफारिस भएको छ ।

एसएसपीहरू भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्लेको बढुवा सिफारिस भएको हो ।

बढुवा समितिको आइतबार बसेको बैठकले उनीहरूको नामसहित बढुवा सूची प्रकाशित गरेको हो । समितिको सचिवालयले आइतबार साँझ प्रहरी नियमावलीअनुसार सबैको जानकारीका लागि सूची सार्वजनिक गरेको जनाएको छ ।

सूचीअनुसार खत्री एक नम्बरमा सिफारिस भएका छन् भने बढुवाका दाबेदार मानिएका विश्व अधिकारी छुटेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖