जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक चुनौती दिए —
“२००७ सालदेखि सबै नेताको सम्पत्ति छानबिन गरौं, म तयार छु।” उनले सरकारमाथि झुटा मुद्दा बनाउने र आफूलाई गिरफ्तार गर्ने षड्यन्त्र भएको आरोप लगाए।
चियापान कार्यक्रममा सम्बोधन गर्दै ओलीले देशमा सामाजिक मूल्य र मर्यादा हराउँदै गएको भन्दै पछिल्ला आन्दोलन र ‘२४ भदौको घटना’ले समाज अराजक दिशामा गएको चेतावनी दिए।
उनले “नेपोबेबी” र “मि टू” अभियानलाई अनावश्यक भन्दै नयाँ पुस्तामाथि गलत सोच फैलाएको टिप्पणी गरे।
