• Monday 19th of October 2026

प्रचण्डको चुनावी रणनीति: मधेसवादी दलसँग मिलेर चुनावमा जाने सम्भावना


  • धनकुटा खबर
  • .

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता र आगामी चुनाव तयारीलाई मुख्य एजेन्डा बनाएका छन्। उनले भनेका छन्, “चुनावको विकल्प छैन, देशलाई समृद्धिको बाटोतर्फ लैजान अब शान्तिपूर्ण निर्वाचन नै उपाय हो।”

उनका अनुसार माओवादी केन्द्रले तल्लो तहसम्मका कार्यकर्तालाई चुनावी तयारीमा लाग्न निर्देशन दिइसकेको छ। उनले कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको वातावरण बनाउन छलफल भइरहेको जानकारी दिए।

प्रचण्डले समाजवादी मोर्चाभित्रका दलबीच एकताबारे छलफल सकारात्मक रहेको बताउँदै भने, “यही साताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ।” साथै, उनले मधेसवादी दलहरूसँग समेत सहकार्य गरेर आगामी चुनावमा संयुक्त रूपमा जाने सम्भावना रहेको खुलासा गरे।

उनले सरकारलाई पनि अन्य विषयमा अल्झिनुका सट्टा निर्वाचन सफल बनाउन केन्द्रित हुन आग्रह गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖