• Monday 19th of October 2026

भदौ २४ गते काठमाडौंमा भएको आगजनी र तोडफोड घटनामा एक पूर्व नेपाली सेना जवान संलग्न रहेको


  • धनकुटा खबर
  • .

भदौ २४ गते काठमाडौंमा भएको आगजनी र तोडफोड घटनामा एक पूर्व नेपाली सेना जवान संलग्न रहेको खुलेको छ।

प्रहरीले बानेश्वरको ग्लोबल कलेज र प्रहरी वृत्त गौशालामा भएको तोडफोडमा संलग्न २७ वर्षीय भुवन शाहीलाई सोमबार पक्राउ गरेको छ। उनी कञ्चनपुर बेलौरी नगरपालिका घर भई टोखाको धापासी बस्छन्।

प्रहरीले उनलाई नियन्त्रणमा लिँदै मोटरसाइकल, कलेजको ट्रफी कप, गणेशको मूर्ति र डिएसएलआर क्यामरा बरामद गरेको छ।

शाही २०७४ सालमा नेपाली सेनामा भर्ना भएका थिए, तर नक्कली चालक अनुमति पत्र पेश गरेको खुलेपछि २०७५ सालमा सेनाबाट बर्खास्त गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖