• Monday 5th of October 2026

आज जे भइरहेको छ यो क्रान्ति होइन, भाँडभैलो हो: ज्योती मगर


  • धनकुटा खबर
  • .

काठमाडौँ । गायिका ज्योति मगरले पछिल्लो समय क्रान्तिको नाममा अराजकता र भाँडभैलो मच्चिएको बताएकी छन् ।

जेनजी आन्दोलनले लय समात्न नसकेको सङ्केत गर्दै उनले अहिले भाँडभैलो मात्रै मच्चिएको बताएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार एक पोस्ट गर्दै उनले भनेकी छन्, ‘ आज जे भइरहेको छ, यो क्रान्ति होइन । यो अराजकता र भाँडभैलो हो।’

उनले राणा शासन, पञ्चायत र राजतन्त्रविरुद्ध भएको क्रान्ति मात्र नेपाली जनताको हकहितका लागि भएको समेत जिकिर गरेकी छन् ।

भलै नेताहरूले त्यो क्रान्तिअनुसार जनअपेक्षा पूरा गर्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖