• Monday 19th of October 2026

अध्यादेश ल्याएर विदेशमा भएका नेपालीहरुलाई मताधिकार दिने सरकारको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ कात्तिक । विदेशमा भएका नेपालीहरुलाई मताधिकार दिनेगरी अध्यादेश ल्याउन सरकारले गृहकार्य थालेको बुझिएको छ ।

विदेशमा भर्एका नेपाली नागरिकलाई मताधिकार दिनेगरी कानूनी प्रबन्ध गर्न केही निर्वाचन सम्बन्धी कानुन संशोधन सम्बन्धी अध्यादेशको मस्यौदा तयार भएको छ ।

यस विषयमा गृह मन्त्रालयले निर्वाचन आयोगसँग छलफल गर्ने तयारी रहेको छ ।

मतदाता नामावलीमा नाम भएका र विदेशमा भएका नेपालीहरुलाई मतदानको अधिकार प्रदान गर्ने गरी मस्यौदा तयार भएको छ ।

सर्वोच्च अदालतले यसअघि नै विदेशमा भएका नेपालीहरुले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖