काठमाडौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन लगत्तै सामूहिक राजीनामा दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश सांसदहरुले तलब, भत्ता र सुविधा लिएको खुलासा भएको छ ।
सामूहिक राजीनामा दिएको घोषणा गरेका कोशी प्रदेशका ६ जना सांसदहरुले असोज महिनासम्मको स्वकीय सचिवको तलब, भत्ता र सुविधा बापत्तको रकम बुझिसकेको कोशी प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् ।
तलब लिनेमा सभामुख अम्बरबहादुर विष्ट, राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसद सिटौला, सबिना बजगाईं, प्रेमराज थाम्सुहाङ, निमसरी राजबंशी र गोपालबहादुर विशवकर्मा रहेका छन् ।
सामूहिक राजीनामा दिएको नाटक गरेर जनतालाई उल्लु बनाउदै राप्रपाका सांसदहरुले राज्यको ढुकुटीबाट तलब भत्ता र सुविधा बापतको रकम बुझेको खुलासा भएको हो ।
