काठमाडौ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले छठ पछि गर्ने भनेको आन्दोलनलाई स्थगित गरेको छ ।
अभियानका संयोजक दुर्गा प्रसाईँले छठपछि आयोजना गर्ने भनिएको आन्दोलन तत्काल स्थगित गरेका छन्।
उपत्यकाका प्रमुख जिल्ला अधिकारी र प्रहरी कमाण्डरसँगको छलफलपछि उनी वार्ताका माध्यमबाट आफ्ना माग अघि बढाउने सहमतिमा पुगेका हुन्।
