• Monday 19th of October 2026

मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गर्ने प्रसाईको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गर्ने बताएका छन् ।

तत्कालीन ७ दल र नेकपा माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति भएको मंसिर ७ गतेकै दिनबाट व्यवस्था परिवर्तनको आन्दोलन शुरू गर्न लागेको उनले बताए ।

बुधवार राष्ट्रिय मानव अधिकार आयोगसँगको छलफलपछि प्रसाईले मंसिर ७ देखि आन्दोलन घोषणा गर्ने बताएका हुन् ।

उनले मेचीदेखि महाकालीसम्म एकैपटक आफूहरूको आन्दोलन शुरू हुने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖