एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा सार्वजनिक गरेको ‘मार्गचित्र’ र एमाले सचिव योगेश भट्टराईले पेस गरेको धारणा बीच समानता देखिएको छ।
ओलीले प्रस्ताव गरेका ६ बुँदामा संसद पुनःस्थापना, संविधान संशोधन, स्वतन्त्र व्यक्ति प्रधानमन्त्री, सर्वपक्षीय सरकार, तीन महिनाभित्र चुनाव, र दलबीच अग्रिम सहमति जस्ता बुँदाहरू छन्।
त्यसैबारे सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,
“अध्यक्ष कमरेड केपी ओलीले व्यक्त गर्नुभएको पछिल्लो धारणा र मैले पार्टी बैठकमा पेस गरेको लिखित धारणा बीचमा मुलभूत समानता रहेको छ। खुशी लाग्यो!”
भट्टराईको भनाइपछि एमालेभित्रको अन्तरिक मतभेद घट्दै गएको र पुनःस्थापना तथा सहमतिको दिशामा एमाले एकढिक्का हुँदै गएको टिप्पणी राजनीतिक विश्लेषकहरूले गरेका छन्।
नेता भट्टराईले यसअघि पनि पुनःस्थापित संसदबाट सर्वपक्षीय सरकार र संविधान संशोधनको माग गरेका थिए, जुन अहिले ओलीको मार्गचित्रसँग मिल्दोजुल्दो देखिएको छ।
पार्टी निकट स्रोतहरूका अनुसार अब ओली र भट्टराईबीचको साझा धारणा एमालेको आधिकारिक निर्णयमा परिणत हुने सम्भावना बलियो बनेको छ।
